देशभर ११२ जना नयाँ कोरोना संक्रमित थपिए भने ५४ जना कोरोनामुक्त भए ।

 


काठमाडौं, फागुन १४ गते ।

पछिल्लो चौबिस घण्टामा नेपालमा ११२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी ५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो चौबिस घण्टामा ३ हजार ९४४ जनाको आरटीपीसीआर गरिएको थियो । नयाँ कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ९८४ जना पुगेको छ । हालसम्म २ लाख ७० हजार २७७ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल ९३६ जना संक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उक्त मृत्युसँगै मृत्यु हुनेको कुल संख्या २ हजार ७७१ जना पुगेको छ । हाल ९३६ जना आइसोलेसनमा रहेका छन् । ७१ जना क्वारेन्टाइनमा रहेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *