प्रतिनिधिसभा पुनस्र्थापनाको फैसलासँगै प्रचण्ड र माधव नेपालले एकअर्कालाई लड्डु खुवाएर खुशी साटे ।

 


काठमाडौं, फागुन ११ गते ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला सुनाएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले एकअर्कालाई लड्डु खुवाएर खुशी साटासाट गरेका छन् । चितवनमा रहेका उनीहरुले सर्वोच्चको फैसला आएको सूचना पाएसँगै एकअर्कालाई लड्डु खुवाएर खुशी साटेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पौष ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । उक्त विघटनसँगै देशमा राजनीतिक अन्यौलता पैदा भएको थियो । देश राजनीतिक अस्थिरमा फस्ने भन्दै चौतर्फी चिन्ता व्यक्त गरिएको थियो । प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभा विघटन गरेका थिए । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनस्र्थापना गरेको फैसला गरेसँगै देशभर खुसियाली छाएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *