संस्कारयुक्त मान्छे देवता समान हुन्छ भने संस्कार नभएको मान्छे राक्षस जस्तो हुन्छ ।

 


काठमाडौँ, फागुन ६ गते ।

समाजमा संस्कारको उच्च मूल्य हुन्छ । उच्च संस्कारयुक्त मान्छे समाजमा पुजनीय हुन्छ भने संस्कारविहीन मान्छे समाजमा घृणाको पात्र हुन्छ । अझ धार्मिक मान्यतासँग जोडेर भन्ने हो भने संस्कारयुक्त मान्छे देवता समान हुन्छ । संस्कार नभएको मान्छे राक्षस जस्तो हुन्छ । त्यसैले संस्कारको मूल्य बढी हुन्छ । प्राकृतिक रुपमा सबै मान्छे एकै हुन्छन् । तर उसको संस्कारले उसलाई समाजमा हैसियत प्रदान गर्छ । संस्कार के हो ? यसको बारेमा गहिरो अध्ययन र बुझाई हुन जरुरी छ । संस्कार भनेको सामान्यतः व्यक्तिको दैनिक कार्य संचालनमा उसले गर्ने गतिविधिको योग हो । व्यक्तिले आफ्नो दैनिक कार्य सम्पादन गरेको आधारमा उसको संस्कार नापिन्छ । कतिपय मान्छे उठ्ने वित्तिकै योग, ध्यान र प्राणायम गर्छन् । कतिपय मान्छे पैसा कमाउने काममा लागिहाल्छन् । कतिपय मान्छे उठ्ने वित्तिकै चिया पिइहाल्छन् ।

कतिपय मान्छे उठ्ने वित्तिकै विहानी घुमफिर गर्छन् । कितपय मान्छे उठ्ने वित्तिकै रक्सी पिउँछन् । उपर्युक्त सबै गतिविधि सबै सामान्य जस्ता देखिन्छन् तर तिनीहरुले व्यक्तिको जीवनलाई आकास जमीनको अन्तरले फरक पारिदिन्छ । कसैको जीवनमा आमूल परिवर्तन आउँछ भने कसैको जीवन कष्टपूर्ण हुँदै जान्छ । व्यक्तिको दिनभरिको दिनचर्या कस्तो हुन्छ । त्यसले त्यो व्यक्ति कस्तो हो भन्ने पहिचान दिन्छ । कुनै व्यक्ति दिनभरि गफ गरेर दिन बिताउँछ । कुनै व्यक्ति गलत मान्छेसँग संगत गर्छ । कुनै मान्छे धन कमाउने काममा लिप्त भएर लाग्छ । कुनै व्यक्ति संस्कृतिजन्य संस्कारमा लाग्छ । कुनै व्यक्ति कुलतयुक्त काम गर्छ । कुनै व्यक्ति ठूला–ठूला विद्वानहरुको वाणी पढ्छ । राम्रा–राम्रा मान्छेहरुसँग संगत गर्छ । उपर्युक्त दिनभरिका क्रियाकलापका आधारमा कुन व्यक्ति कस्तो हो भन्ने पहिचान दिन्छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *