जनता समाजवादी पार्टीले प्रतिगमन, जातीय विभेद र महिला हिंसाविरुद्ध विरोध प्रदर्शन गर्ने ।

 


काठमाडौं, फागुन ३ गते ।

जनता समाजवादी पार्टी, शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति र नेवाः राष्ट्रिय समितिले संयुक्त रुपमा काठमाडौँमा विरोध प्रदर्शन गर्ने भएका छन् । शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष दलमर्दन कामीका अनुसार विरोध प्रदर्शन कार्यक्रम काठमाडौँको माइतीघर मण्डलामा फागुन ५ गते बुधबार दिनको २ बजे गरिनेछ । उक्त विरोध प्रदर्शन कार्यक्रममा पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले जनताको सार्वभौम प्रतिनिधिसभाको विघटन गेरर देशलाई राजनीतिक अस्थिरतमा फसाएको आरोप कामीले लगाएका छन् ।

ओलीको प्रतिगामी कदमको भण्डाफोर गर्न र व्याप्त जातीय विभेद र महिलामाथिको बढ्दो हिंसाका विरुद्ध जनप्रदर्शन गर्न लागिएको उनले बताएका छन् । त्यसैगरी नेवाः राष्ट्रिय समितिका अध्यक्ष मनरत्न शाक्यले सरकार सञ्चालनमा ओली पूर्णतः असफल रहेको आरोप लगाए । आफ्नो निरिहता र असक्षमतालाई लुकाउन र सत्ता बचाउनका लागि उनले प्रतिनिधिसभा विघटन गरेर देशलाई प्रतिगमनको दिशातर्फ धकेलेको उनको आरोप छ । महिलामाथिको हिंसा अत्याधिक बढ्नुमा सरकार दोषी रहेको उनको भनाई छ । समाजमा अमनचयन कायम हुन सकेको छैन् । हत्या, हिंसा र बलात्कारले आम जनतालाई असुरक्षित बनाएको छ । शाक्यले विरोध प्रदर्शन कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन उपस्थितिका लागि जनसमुदायलाई आग्रह समेत गरेका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *