सुगौली सन्धिपूर्व नेपाल राज्यको पूर्व-पश्चिम लम्बाई १,४१५ किलोमिटर थियो ।

 


काठमाडौँ, माघ २८ गते ।

सुगौली सन्धिपूर्व नेपाल राज्यको पूर्व–पश्चिम लम्बाई १ हजार ४ सय १५ किलोमिटर थियो । उक्त सन्धि पश्चात ८ सय ८५ किलोमिटरमा सीमित हुन पुग्यो । पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म फैलिएको उक्त भूभागलाई विशाल नेपाल अर्थात ग्रेटर नेपाल भनेर चिनिन्छ । सुगौली सन्धि पश्चात नेपाल खुम्चिन पुग्यो र आज हामी ग्रेटर नेपालका भाग्यमानी नागरिक हुन पाएका छैनौं । सन् १६०८ मा इस्ट इण्डिया कम्पनीको ब्यानरमा चिया व्यापार गर्न भनेर हिन्दुस्तान प्रवेश गरेको अंग्रेजले त्यहाँ स्थित फ्रान्सिसी, डच र पुर्तगाली कम्पनीलाई युद्धद्वारा परास्त गरी आफ्नो आधिपत्य कायम ग¥यो ।

आफ्नो सामरिक र कुटनीतिक श्रेष्ठताको बलमा अंग्रेजहरुले भारतका लगभग ५ सय ६२ भन्दा बढी साना ठूला राज्यहरुलाई परास्त गरी औपनिवेशिक शासन सञ्चालन ग¥यो । फिरंगीको नामले चिनिने अंग्रेजहरुको कुदृष्टि नेपालतर्फ पर्न थाल्यो । पूर्वको टिस्टादेखि पश्चिमको सतलज र तराईको समथर भूभाग र हिमाली श्रृंखला उसले आफ्नो कब्जामा लिने योजना बनाई युद्धको तयारीमा लाग्यो । अंग्रेज उपयुक्त अवसरका पर्खाइमा थियो । यसै क्रममा बुटवलदेखि स्युराज क्षेत्रका चितवा, बसेरिया र सौरामा अंग्रेजले स्थापना गरेको प्रहरी चौकीमा नेपाली सेनाको स्थानीय कमाण्डर मानराज फौजदारको कमाण्डमा आक्रमण गरी नियन्त्रणमा लिइयो । यसैलाई निहुँ बनाएर सन् १८१४ नोभेम्बर १ का दिन अंग्रेजले नेपाल विरुद्ध युद्धको औपचारिक घोषणा ग¥यो । सुदुरपश्चिमको देहरादुनको नालापानी किल्लामा नेपाली सेना विरुद्ध भिषण आक्रमण ग¥यो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *