किराँत समुदायको दोस्रो चाड ‘साकेला उँधौली’को अवसरमा शनिबार दिक्तेलस्थित हेलिप्याडमा साकेला सिली प्रस्तुत गर्दै किराँत समुदाय ।
माझकिराँत भनेर चिनिने खोटाङका किराँत समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म उँभौली चाड मनाउने गरेका छन् ।