संयुक्त राष्ट्रसङ्घको महासभाले सोमबार ’सिंथेटिक ड्रग्स’ले उत्पन्न गरेको विश्वव्यापी जनस्वास्थ्य र सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्नका लागि कदम चाल्न आह्वान गर्ने प्रस्ताव पारित गरेको छ ।

सो प्रस्तावमा संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूलाई साझा जिम्मेवारीको सिद्धान्त अनुरूप राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रियस्तरमा घरेलु कानून र परिस्थितिअनुसार विश्वव्यापी जनस्वास्थ्य र सुरक्षा चुनौतीहरू सम्बोधन गर्न समन्वयात्मककार्य गर्न आह्वान गरिएको छ ।

सिंथेटिक औषधिहरूको अवैध उत्पादन र ओसारपसार, साथै गैर–चिकित्सा र गैर–वैज्ञानिक उद्देश्यका लागि तिनीहरूको वितरण, उपभोग र प्रयोगले विकराल समस्या निम्त्याउन सक्ने खतरालाई विशेष रूपले सम्बोधन गर्न सो प्रस्राव प्रस्तुत गरिएको जनाइएको छ ।