काठमाडौँ, उच्च अदालत पाटनमा यही मङ्सिर ५ गतेदेखि सुरू भएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकिएको छ । न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा आज सुनुवाइ सकिएको र भोलि निर्णय हुनसक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले राससलाई जानकारी दिनुभयो । जिल्ला अदालत काठमाडाँैले सुनाएको थुनछेक आदेशविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएर अदालतले शुक्रबार निर्णय सुनाउने भएको हो ।
