धादिङको गङ्गाजमुना गाउँपालिका–५ मा अवस्थित गङ्गाजमुना माइको मन्दिर अर्थात थानमा पूजा आराधना गर्दै भक्तजन । ठूलो चट्टानमुनी पहाडको कहाली लाग्दो पहरामा रहेको यो मन्दिरमा एकादशीका अघिल्लो दिन आएर यहाँ बसेका भक्तजनले एकादशीको दिन बिहान गङगाजमुनाको छहरामा स्नान गरी तोरण तार्ने, बत्ती सेलाउने र पहरामा रहेको भगवान गङ्गा जमुनाको दर्शन गर्ने गर्छन् । गङ्गाजमुना कुण्डमा स्नान गर्दा रोगव्याधी निको हुनुका साथै मनले चिताएको पूरा हुने जनविश्वास रहिआएको छ ।