काठमाडौंमा खोटाङका १०८ वर्षीय जीउँदो ईतिहास लक्ष्मीप्रसाद गिरीको सम्मान

 

खोटाङ जिल्लाको पाथेका भन्ने ठाउँमा वि.सं. १९७३ मा जन्मनु भएका श्री लक्ष्मीप्रसाद गिरी हाल १०८ वर्षको हुनु भएको छ ।

खोटाङको सदरमुकाम दिक्तेल रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १०, पाथेकाको चिमचिमामा उहाँको स्थायी ठेगाना हो ।

हाल उहाँ काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १०, कपन, एकताटोलमा बस्दै आउनु भएको छ ।

जन्म मितिलाई आधार मान्दा उहाँ जन्मिदा नेपालमा राणा प्रधानमन्त्री चन्द्रशमशेरले शासन गरिरहेका थिए ।

यसको अर्थ हुन्छ उहाँले राणा शासन राम्ररी थाहा पाउनुहुन्छ । वि.सं. २००७ सालमा प्रजातन्त्र आउँदा उहाँको उमेर ३४ वर्षको थियो ।

प्रजातन्त्र आएपछि स्थानीय पाथेकामा वडा सदस्य हुनु भयो । यी विषय किन उठान गरेको भने राणा शासनको धेरै कुरा उहाँले आफैँ भन्न सक्नुहुन्छ ।

आज वि.सं २०८० मा रहेको पुस्ताले यस्ता पुराना अभिभावक पाउने सम्भावना लगभग शुन्यको अवस्थामा छ । आजको पुस्ताको लागि राणा शासन धेरै टाढाको कुरा हो ।

राणा शासनको जगजगी भएको बेला जन्मनु भएका र हुर्किनु भएका उहाँको सम्मान गर्न पाउनु ठूलो शौभाग्यको विषय हो ।

खोटाङ ऐंसेलुखर्क रिब्दुङ महेश्वरीका अर्थात् प्रधानता मिडियाका अभिभावक अमृत कुमार पुरीले उहाँलाई सम्मान गर्ने योजना बनाउनु भएको हो । सँगसँगै सबै चाँजोपाँजो पनि मिलाउनु भएको हो ।

आवश्यक व्यवस्थापकीय तयारी गरेर मंसिर दुई गते अमृत कुमार पुरी, परिवर्तन भट्टराई ‘कृति’, तेज बहादुर श्रेष्ठ र धिरज जिसी उहाँको निवासमा पुगेर सम्मान–पत्र र दोसल्ला ओडाएर सम्मान गर्ने काम सम्पन्न भयो ।

त्यसका लागि प्रधानता मिडिया परिवार गौरवान्वित भएको छ । हजुरबुबाको सुस्वास्थ्य र दीर्घायुको शुभकामना !

परिवर्तन भट्टराई ‘कृति’
अध्यक्ष
प्रधानता मिडिया परिवार

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *