काठमाडौँ, ५ असोज : नेपाल प्रज्ञा (प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानसँगको सहकार्यमा मगर आदिकविद्वय जीतबहादुर सिञ्जाली मगर र रेखबहादुर थापा मगरको जन्मजयन्ती मनाएको छ । कार्यक्रमका प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले कार्यक्रममा मगर आदिकवि रेखबहादुर थापाको योगदान’ विषयक गोष्ठी (पत्र पूर्णबहादुर रानाले प्रस्तुत गर्नुभयो । उपसभामुख मगरले मातृभाषा र सिर्जनामा इतिहास र सभ्यता लुकेको हुने भएकाले बौद्धिक छलफलबाट योगदानको मूल्याङ्कन हुने बताउनुभयो । प्रज्ञा (प्रतिष्ठानका कुलपति भूपाल राईले बहुभाषी देशमा सबै भाषा समान हुने भएकाले कुनै पनि भाषा सानो र ठूलो नहुने बताउनुभयो ।
