रत्नपार्कदेखि सुर्यविनायकसम्म द्रुत बस सेवा सुरु

काठमाडौँ
सरकारले काठमाडौँ उपत्यकामा द्रुत बस सेवा सञ्चालन गरेको छ । संविधान दिवसको अवसर पारेर उक्त बस सेवा सुरु गरिएको हो । काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन् । द्रुत बस सेवा रत्नपार्कबाट सूर्यविनायकसम्म सञ्चालन हुनेछ । आज उद्घाटन भएपनि सर्वसाधारणको लागि भोलिबाट सेवा सुरु हुनेछ । उद्घाटनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, मध्यपुर थिमी र सूर्यविनायक नगरपालिकाका मेयरहरु चढेर यात्रा गरेका थिए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *