काठमाडौं
सरकारले ल्याएको शिक्षा सम्बन्धी विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरुले विरोध प्रदर्शन गर्न थालेका छन् । आज काठमाडौंको माइतिघर मण्डलामा शिक्षकहरुले विरोध प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघले आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा देशैभरबाट आएका शिक्षकहरु सहभागी रहेका छन् । उनीहरुले विद्यालयका शिक्षक र कर्मचारी माथि भएको ज्यादती बन्द गर भन्दै नारा लगाएका छन् । शिक्षामा बजेटको बीस प्रतिशत लगानी गर भन्ने प्लेकार्ड समेत बोकेका छन् । शिक्षक महासंघसँग भएको सहमति बमोजिम विधेयक सरकारले नल्याएको भन्दै उनीहरुले विरोध गरेका हुन् ।