लगातारको झरीपछि शनिबार धादिङको सदरमुकाम धादिङबेसीलाई ढपक्कै ढाक्ने गरी देखिएको इन्द्रेणी । इन्द्रेणी वा इन्द्रधनुष प्रकाश र रंगबाट उत्पन्न भएको एउटा घटना हो जसमा रंगीन प्रकाशको एउटा अर्धवृत आकाशमा देखिन्छ । जब सूर्यको प्रकाश पृथ्वीको वायुमण्डलमा भएको पानीको थोपा माथि पर्छ, पानीको थोपाले प्रकाशलाई परावर्तन, आवर्तन र डिस्पर्सन गर्दछ । फलस्वरुप आकाशमा एउटा सप्तरङ्गी अर्धवृताकार प्रकाशीय आकृति उत्पन्न हुन्छ र यो आकृतिलाई नै इन्द्रेणी भनिन्छ । तस्बिरः शङ्कर श्रेष्ठ / रासस