नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भानुभक्त आचार्यले नेपाली समाजलाई भाषिक एकतामा आबद्ध गराएको बताउनुभएको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा अखिल नेपाल महिला सङ्घले आज दुई सय १०औँ भानु जयन्तीका अवसरमा आयोजित विशेष कार्यक्रममा उहाँले भानुभक्त आचार्यले रामायण महाकाव्यबाट नेपाली समाजलाई असाधारण हिसाबले भाषिक एकतामा आबद्ध गराएको बताउनुभयो । उहाँले नेपाली जनतालाई भाषिक एकतामा ल्याएर मुलुकको एकीकरणमा पनि भानुभक्तले योगदान पु¥याएको बताउनुभयो । “उहाँको योगदान कुनै पनि कुराले कमजोर हुन सक्दैन । उहाँको योगदानलाई अवमूल्यङ्कन गर्न सक्दैनौँ । उहाँको मूल्याङकनलाई घटाएर हेर्न सक्दैनौँ”, उहाँले भन्नुभयो । नेपाली भाषामा रामायणमा उल्लेख गरिएको भक्तिरसका कृतिबाट सांस्कृतिक उत्थानका लागि मद्दत पु¥याएको उहाँको भनाइ थियो । अध्यक्ष ओलीले भानुभक्तका रचनामा प्रगतिशीलता, समाज सुधारको उद्घोष, आह्वानजस्ता कुरा नभए पनि रामायण काव्यको प्रभावले भानुभक्तले नेपाली समाजलाई जगाउने गुण लगाएको बताउनुभयो । उहाँले भक्तिरसतर्फ समाजलाई डो¥याउने कुराले गर्दा अहिले राज्य कमजोर भएको बेला भक्तिरस र नैतिक रस हराएको बताउनुभयो । भानुभक्तका रचनामा समाजलाई मूल्यमान्यता, थिति, नैतिकतामा बाँध्नका लागि प्रयास गरेको देखिएको उहाँको धारणा थियो । बधुशिक्षाजस्ता काव्यको रचना गर्नु भानुभक्त आचार्यका लागि शोभनीय नभएको भन्दै उहाँले भानुभक्तका अरु कतिपय कृति पनि त्यति भाषाशैलीका हिसाबले भानुभक्तलाई सुहाउने किसिमको नभएको बताउनुभयो । “भानुभक्तका रचनाको विश्लेषण गर्दा समाजका प्रचलित कुरालाई बोकेर समाजलाई परितर्वन गर्न सकिँदैन । भानुभक्तका रचनामा समाज परिवर्तनका अग्रगामी सन्देश त्यति पाइँदैन”, उहाँले भन्नुभयो, “यथास्थितिका काव्य पाइन्छन । परिवर्तनका सन्देश, सुधारका सन्देश त्यति पाइँदैन । असन्तुष्टि, पीडा छ । विद्रोह कम छ ।” अध्यक्ष ओलीले समाज सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् भनेर सबै सतर्क हुनुपर्ने अवस्था र आवश्यकता आएको बताउनुभयो । कार्यक्रममा अनेमसङ्घका अध्यक्ष टुका हमालले भानुभक्तले नेपाली साहित्यमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।
