खोटाङ ऐंसेलुखर्क रिब्दुङ-वादेलका मैमान र मेघु पुरी बंशावली विमोचन सम्पन्न

 

असार ९ गते, शनिबार

खोटाङ जिल्ला ऐंसेलुखर्क गाउँपालिका अन्तर्गत रहेका रिब्दुङ र वादेलका पुरीहरुलाई समेटेर वंशावली प्रकाशित गरिएको छ । ऐंसेलुखर्क गाउँपालिकाको वडा नं. २ मा रहेको वादेल र वडा नं. ५ मा रहेको रिब्दुङका पुरीहरुको पहलमा वंशावली प्रकाशित भएको छ । प्रकाशन समितिका संयोजक टिकाराम पुरीका अनुसार मैमान पुरी र मेघु पुरीका सन्तानहरुलाई वंशावलीमा समेटिएको छ । कार्यक्रमका प्रमुख अतिथि शंकराचार्य मठका मठाधिश स्वामी डा. केशवानन्द महाराज रहनु भएको थियो । त्यसैगरी विशेष अतिथिमा विश्व हिन्दू महासंघका अध्यक्ष रामचन्द्र अधिकारी हुनुहुन्थ्यो । अतिथिहरु ज्योतिष पण्डित र सामाजिक व्यक्तित्वहरु हुनुहुन्थ्यो । सयौँको संख्यामा पुरी बन्धुवान्धवको उपस्थिति रहेको थियो ।

काठमाडौंको चावहिलमा रहेको के.एल. टावरमा कार्यक्रम सम्पन्न भयो । धार्मिक अनुष्ठान मार्फत् कार्यक्रमको शुरु र सञ्चालन गरिएको थियो । मैमान र मेघु पुरीबाट शुरु भएको वंशावली दशौं पुस्तासम्म पुगेको बताइएको छ । कार्यक्रममा उपस्थित भएका पुरीहरु भने सातौँ, आठौँ पुस्ताका थिए । लगभग दश पुस्ता समेटिएको वंशावलीमा हजारौँ पुरीहरु समेटिएका छन् । एउटै पुर्खाका सन्तानहरु वादेल र रिब्दुङ महेश्वरीमा बसोबास गर्दै आएका छन् । हाल उनीहरु देशका विभिन्न स्थानमा फैलिएका छन् । वंशावली प्रकाशन समितिका सदस्यहरु अमृत पुरी र राम कुमार पुरीका अनुसार ठूलो मिहिनेतका साथ वंशावली प्रकाशनको कार्य सम्पन्न भएको हो । प्रकाशन समितिका सदस्यहरु राम प्रसाद पुरी, महेश पुरी र मुगाधन पुरीले छुटपुट भएकाहरुलाई आगामी संस्करणमा समेट्न भनाई राख्नु भएको थियो । वशांवली प्रकाशनको क्रममा वक्ताहरुले आफ्ना पुर्खाहरुलाई सम्झेका थिए । आफ्ना आरध्य देवतालाई पनि सम्झेका थिए ।

प्रमुख अतिथि र विशेष अतिथिले मन्तव्य राख्ने क्रममा वादेल र रिब्दुङका पुरीहरुलाई धन्यवाद र बधाई दिएका थिए । महत्वपूर्ण कार्य सम्पन्न गर्न सफल भएकोमा प्रकाशन समिति परिवार प्रफुल्लित थियो । वंशावलीले दाजुभाई र काका भतिजा छुट्याए बमोजिम साईनो सम्बोधन गरेको हलमा देखिन्थ्यो । वंशावलीले नयाँ साइनो सम्बन्ध गाँसेका कारण पुरानो साईनो सम्बन्ध तोडिएकोमा रोचक प्रस्तुति कार्यक्रममा देख्न पाइयो । कार्यक्रम सञ्चालक अधिवक्ता महेश पुरीले वादेल र रिब्दुङका पुरीहरुको पुनर्मिलन भएको बताउनु भएको थियो । वादेल र रिब्दुङबाट काठमाडौँमा आई बसोबास गरेका पुरीहरुको पहलकदमीमा यो महत्वपूर्ण कार्य सम्पन्न भएको हो ।
अन्त्यमा प्रधानता मिडिया परिवार मैमान र मेघु पुरीका हजारौँ जनहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *