मिनराज बडु
राजनीतिक समिति सदस्य (नेसपा)
भर्खरै सत्ताधारी दल र यो व्यवस्था प्रति नै असंन्तुष्ट राख्ने समुह बिच समाजवादी मोर्चा बनेको छ । यसलाई सकारात्मक कदमको रूपमा लिन सकिन्छ तर नाम धन बहादुर हुदैमा निज व्यक्ति धनी हुन सक्छ कि सक्दैन हामी सबैको अगाडि लाग्ने गम्भीर प्रश्न यही हो ? किनकि नेपाली राजनीतिमा केही विशिष्ट परिस्थिति देखा परेका छन् । केही पार्टी र समुहको अप्रत्याशित ढंगले नेपाली राजनीतिमा उदय भएको छ । जसको मुलभुत निति तथा राजनीतिक कार्यक्रम प्रतिक्रान्ति तिर उन्मुख छन । यद्यपि तिनीहरु दल भए पनि वास्तविक राजनीतिक पार्टीको रूपमा अगाडि बढन अझै केही दशक लाग्न सक्छ । तर मतको आकलन गर्ने हो भने पुराना पार्टी प्रति नेपाल जनता चरम आक्रोशित देखिन्छन् । समाज नै बिचलनको संघारमा देखिन्छ भने राजनीतिक कथकतझ नै ध्वस्त हुने समाज र संस्कृति नै ध्वस्त हुनेतिर उन्मुख देखिदै छ । नेताहरु गोकुलमा हुनुहुन्छ सत्ता नै लक्ष्य उद्देश्य र कार्यक्रम मानेर गतिविधि गर्दै हिंड्नु भएको छ ।
नेपाली जनता अहिले पनि कम्यूनिष्ठरु तिर नै नेपाली जनताको बहुमत स्पष्ट भएता पनि । यसको मुल्य कम्यूनिष्ट नेताकार्यकर्ताले महसुस गरेको छनक छैन । यधपी त्यसैको बलमा करिब–करिब ‘कम्युनिस्ट’हरू सत्तामा छन र कम्युनिस्ट कै नेतृत्वमा वर्तमान सरकार बनेको छ । केही समय अघि मात्र एउटै पार्टी घोषणा गरेका जनतालाई समाजवादको सुन्दर सपना देखाउने पार्टीहरु हाल अलगअलग सटरमा छन एकार्कालाई गालि मात्र होइन, दानवीकरण नै गरिरहने प्रतिस्पर्धी ठूला कम्युनिस्ट पार्टीहरु एउटा सत्तामा र अर्को प्रतिपक्षी बन्न पुगेको छ । तरपनि कम्यूनिष्ट्को दबाबमा मात्र होइन नेतृत्वमै सरकार छ ।
थप रमाइलो के छ भने प्रमुख सत्ता घटक दल अलि फरक किसिमको भए पनि उसले पनि आफूलाई समाजवादी नै भन्छ। भने प्रमुख प्रतिपक्षी दलको त कुरै नगरौं आफुलाई समाजवादको हिमाइति नै मान्दछ। अन्य साना पर्टीमध्ये कसैको त नाममै समाजवाद छ भने अरू धेरैजसोका घोषणापत्रमा पनि समाजवादका कुनै न कुनै ‘तत्व’ देखापर्छन । यसरी बुझ्ने हो भने देश नै समाजवादी मय भएको भान हुन्छ अनि हाम्रो संविधानले नै समाजवादउन्मुख भनेको छ । सबै समाजवादी हुने तर समाजवाद उन्मुख संविधान सधै खतरामा परिरहेको देखिने यसको वास्तविकता के हो ? यो लोकतान्त्रिक संघीय गणतन्त्रमा शिक्षा, स्वास्थ्य रोजगार कस्तो हुनुपर्छ ? बजारको शक्तिलाई कसरी कुन ठाउँमा राख्ने ? जनताको चुलोमा बजारीकरण कसरी पुगेको छ् भाषणमा समाजवाद व्यबहारमा नवउदारवाद सरकार पुर्ण पुजीवाद यो कस्तो द्वयचरित्र अनि कसरी संविधानले सुरक्षित महसुस गर्छ ? यदि हामी साच्चै समाजवादी हौं भने समतामूलक समृद्धिलाई सामाजिक न्यायसँग जोडेरै हेर्ने हो भने ‘नवउदार’ भनिने गरेका छाडा बजारकै गुणगान गरिरहने छुट हामीलाई होला कि नहोला ? लोकतान्त्रिक अधिकार र पुँजीवादलाई छुट्याउनै नसक्ने प्रवृत्ति हाम्रा लागि यो कालखण्डमा उपयुक्त हो कि होइन ?
आजको विश्वमा समाजवादको कुनै निर्विवाद परिभाषा नहुनु, विभिन्न ऐतिहासिक घटनाक्रमको विशिष्ट योगले ‘कम्युनिस्ट’हरू सत्तासीन हुनु, छाडा बजारको शक्ति भने झन्झन् बढ्दै जानु, सत्तासीन ‘कम्युनिस्ट’हरूसमेत बजारको शक्तिको त्यो झिलीमिलीमा हराउनु आदिका कारण यो प्रश्नको उत्तर खोजेजस्तो सजिलो पक्कै छैन । तर जतिसुकै कठिन भए तापनि यी प्रश्नमा आफूलाई समाजवादी ठान्ने हरेक व्यक्ति, राजनीतिक दल, संस्था, अभियन्ता आदिले त डुबुल्की नमारी सुखै छैन । आफूलाई समाजवादी नभन्ने, तर मानवजाति, मानवता र पृथ्वीको भविष्यबारे साँच्चै चिन्ता लिने सबै सरोकारवालाले पनि त्यत्तिकै गम्भीरतापूर्वक यी प्रश्नमा घोत्लिन आवश्यक छ ।
मान्छेका कारण र खासगरी उसले केही शताब्दीदेखि अवलम्बन गरेको पुँजीवादका कारण पृथ्वी नामको सुन्दर ग्रह र यसमा रहेका असंख्य प्राणी कति ठूलो खतरामा परेका छन् भन्ने चिन्ता यतिबेला परम्परागत साम्यवादी वा समाजवादीबाट भन्दा बढी प्राज्ञिक अध्येताबाट र स्वतन्त्र अभियन्ताबाट प्रकट भइरहेका छन ्। जे कारणले होस्, जे बुझेर होस्, वर्तमान संविधानले नै ‘समाजवादउन्मुख’ भनेकाले यति महत्वपूर्ण चिन्तन गर्ने अवसर हामी नेपालीलाई मिलेको छ । तर राज्यलगायत सम्पूर्ण सरोकारवाला यस विषयमा जति गहिराइमा पस्नुपर्ने हो, त्यति पस्न नसकेको देखिन्छ ।
हिजोको सत्ताको भ¥याङ सर्वहारा शब्द थियोे भने आज समाजवाद बनेको छ जो यो व्यवस्था लागि खतरा हुन सक्छ काम कुरो एकातिर समाजवाद सत्ता टिकाउने मेलोमेसो तिर भएमा जनता सरकार सदन र संविधानको तादम्य कहिँ कतै मिल्दैन जो अहिले स्पष्ट देखिएको छ । छाडा बजारका पैरवीकर्ता अथवा नवपुजिवादीहरुको मनमा ‘माता मे पृथ्वी पुत्रोऽहम् पृथिव्या’ मन्त्र गुञ्जिन सक्दैन। उनका आँखाले हेर्दा मानिसले आफ्नै भविष्य पनि राम्रोसँग देख्न सक्दैन, छाडा बजारको निर्लज्ज नाचमा रमाउन मात्र सक्छ। देश मात्र होइन, पृथ्वी नै यति गम्भीर मोडमा पुगेका बेला समाजवादबारेको छलफल अझै गहिराइमा छलफल हुनुपर्ने हो तर सत्ता टिकाउने शब्दको रूपमा समाजवाद प्रयोग गर्नु दुःखद मात्र होइन गम्भीर सैद्धान्तिक बिचलन पनि हो ।