चिनियाँ रक्षामन्त्री ली शाङफुले चीन र संयुक्त राज्य अमेरिकाले मतभेद र जटिल कठिनाइको उचित व्यवस्थापन गर्नुपर्ने र आपसमा मिलाउने सही बाटो खोज्नुपर्ने बताउनुभएको छ । चीन–अमेरिका २० औं ‘साङ्ग्रिला डायलग’ मा सम्बोधन गर्दै लीले भन्नुभयो, “यो सम्बन्ध विश्वव्यापी रणनीतिक स्थिरतामा निर्भर गर्दछ र यो विश्वव्यापी ध्यानको केन्द्र बिन्दु हो । उहाँले दुवै देशलाई विश्व समुदायको अपेक्षाअनुसार चल्न र समयको प्रवृत्तिलाई पछ्याउन आह्वान गर्नुभयो । लीले अन्तर्राष्ट्रिय समुदायले चीन र अमेरिकाबीच बलियो र स्थिर सम्बन्धको खोजी गरिरहेको बताउनुभयो । चीन सम्बन्धमा कुनै पनि सम्भावित सङ्घर्ष वा टकरावको बारेमा चिन्तित छ, जुन संसारको लागि एक असह्य विपत्ति हुनेछ । उहाँले भन्नुभयो, “आफ्नो स्वार्थका लागि गुटको मुठभेड भड्काउनुको साटो प्रमुख देशहरूले सबैको हितलाई ध्यानमा राख्नुपर्छ । आदानप्रदान र सहयोगको माध्यमबाट मतभेदको समाधान गर्नुपर्छ ।” विभिन्न प्रणाली र अन्य मतभेदका बावजुद चीन र अमेरिकाले द्विपक्षीय सम्बन्ध बढाउन र सहयोगलाई प्रगाढ बनाउन साझा आधार र हितको खोजी गर्नुपर्ने उल्लेख गर्दै दुवै देशले सहयोगबाट फाइदा उठाएको र मुठभेडबाट हारेको इतिहासले प्रमाणित गरेको उहाँले बताउनुभयो । चीनले अमेरिकासँग नयाँ प्रकारको प्रमुख देशहरूको सम्बन्ध विकास गर्न चाहेको उल्लेख गर्दै लीले अमेरिकी पक्षलाई इमानदारीका साथ सम्बन्ध बिग्रनबाट जोगाउने काम गर्न, आफ्ना शब्दहरूलाई कामसँग जोड्न र विश्वका दुवै अर्थतन्त्रलाई स्थिर गर्न चीनसँग एउटै दिशामा मिलेर काम गर्न ठोस कदम चाल्न आह्वान गर्नुभयो । लीले विगत केही वर्षयता चीन र अमेरिकाबीचको सम्बन्धमा तनाब रहेको बताउनुभएको थियो । दुई देशबीचको कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अहिले सम्बन्ध निकै कमजोर बनेको छ। उहाँले चीन र अमेरिका दुबैको विजयका लागि सहकार्यका तीन सिद्धान्त आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्वलाई पछ्याउनु नै सही बाटो भएको बताउनुभयो । लीले अमेरिकालाई कठिन परिस्थितिबाट द्विपक्षीय सम्बन्धलाई सही मार्गमा फर्काउनर यसबाट दुवै देश र समग्र विश्वलाई थप लाभ प्रदान गर्न सकियोस् भनी मिलेर काम गर्ने वातावरण निर्माण गर्न आह्वान गर्नुभयो ।