नेपालको समृद्धिमा कहाँ चुक्यौँ ? अब के गर्ने ?

नमस्कार !
तपाईँको अध्ययन र अनुभवले पक्कै पनि तपाईँमा चेतको विकास भएको हुनुपर्छ । व्यक्तिको अध्ययन र अनुभवले उसको चेतना निर्माणमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । कोही नितान्त पारिवारिक हुन्छन् । कोही भने समाज र देशका लागि चिन्तन गर्छन् । कसैले आफूलाई आफैँभन्दा माथि उठाउँछन् भने कसैले आफैमा सीमित बनाउँछन् । आफू र आफ्नो परिवारको बारेमा चिन्तन र चिन्ता गर्नु पर्छ नै । तर, देश र समाजको विकास र समृद्धि नहुँदा परिवार र व्यक्तिको विकास धेरै जटील हुन्छ । अरुले गरेका कर्मको प्रतिक्रिया व्यक्त गर्न धेरै सजिलो हुन्छ । आफैँले गर्न भने धेरै जटिल हुन्छ ।

तपाईँ  र मलाई अरुका कुरा काटेर बस्ने छुट छैन । आफ्नो ठाउँबाट जाग्ने र उठ्ने जिम्मेवारी छ । आफूले सिन्को नभाँच्ने तर अरुको कुरा काट्ने मान्छेलाई हाम्रो सामाजिक मूल्यले कनिष्ठ मान्छ । तपाईँ र म कनिष्ठ होइन । हामी अब्बल हो र हुने हो । यो देशको विकास र समृद्धिका लागि विभिन्न आयामबाट कुरा त गरौँ । सक्छौँ भने काम गरेर देखाऊँ । काम गर्न नसक्ने भए आवाज त उठाऊँ । समृद्धिका लागि असार १६ गते एउटै मञ्चबाट दर्जनौँ व्यक्तिहरुका आवाज मिडिया मार्फत् प्रवाह गर्दैछौँ । तपाईँको सार्थक प्रस्तुतिको अपेक्षा आयोजकले गरेको छ । धन्यवाद !
–प्रधानता मिडिया

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *