दक्षिणी बङ्गलादेशमा बारुदी सुरुङ विस्फोट हुँदा १ जनाको मृत्यु, १ जना घाइते

 

दक्षिणपूर्वी बङ्गलादेशको बन्दरबन जिल्लामा मङ्गलबार बारुदी सुरङ्ग विस्फोट हुँदा कम्तीमा एक जनाको मृत्यु हुनाका साथै अन्य केही घाइते भएका छन् । बन्दरवनको रुमा प्रहरी चौकीका अधिकृत आलमगीर हुसेनले सिन्ह्वालाई बताएअनुसार बीजीबी (बोर्डर गार्ड बङ्गलादेश) को शिविर नजिकै केही कामदारहरूले शिविरको ठाउँ सफा गर्दै गर्दा बारुदी सुरङ्ग विस्फोट भएको र एक कामदारको मृत्यु भएको थियो। “हामीले एक नागरिकको मृत्यु भएको र अर्को घाइते भएको जानकारी पाएका छौं,” प्रहरी अधिकारीले भने । आक्रमणको जिम्मेवारी भने कसैले लिएको छैन, हुसेनले भने।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *