आयुर्वेदिक चिकिस्ता पद्धति मात्र नभएर जीवन दर्शन हो : कार्यवाहक राष्ट्रपति यादव

 

कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले आयुर्वेदिक चिकिस्ता पद्धति मात्र नभएर जीवन दर्शन रहेको बताउनुभएको छ । आयुर्वेद मेडिकल डेभलोपमेन्ट एण्ड रिसर्च फाउण्डेशनले काठमाडौँस्थित नाचघरमा आज आयोजित कार्यक्रममा उहाँले संस्कृति र दैनिकीसँग जोडिएको आयुर्वेद सबै चिकिस्ता विज्ञानको जननी रहेको बताउनुभयो । “विश्वका करिब ८० प्रतिशत मानिसले परम्परागत वा वैकल्पिक चिकिस्ता प्रयोग गरिरहेका छन् । हाल आयुर्वेद अनुसन्धान, अध्ययन र अभ्याससँगै माग पनि बढिरहेको छ । यद्यपि स्वदेशमा आयुर्वेद क्षेत्रको विकास अपेक्षाकृत नभएको होकी भन्ने लाग्छ । तर युवाको सहभागिता देख्दा भविष्यप्रति आशावादी छु”, उहाँले भन्नुभयो, “आयुर्वेदमा भनिएको जस्तो हाम्रो दैनिकी भएमा यसले स्वास्थ्य बनाउनुका साथै दीर्घ जीवनसमेत दिन्छ । यसलाई हामीले आफ्नो जीवनको अभिन्न अङ्ग बनाउन सक्नुपर्छ ।” उहाँले आधुनिक चिकिस्ता महँगो र सबैको पहँुचमा नरहेको हुँदा रोग रोकथामको लागि आयुर्वेदमा उल्लेखित स्वास्थ्य जीवनशैलीका कुरालाई समुदायस्तरमा लैजान आग्रह गर्नुभयो । कार्यक्रममा काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले आयुर्वेदमा कार्यरत चिकित्सकलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । “नेपालमा विदेशी पर्यटक नै योग, आयुर्वेद र ध्यानको लागि आउने गरेको उदाहरण पनि छन् । त्यसैले हामीले यस क्षेत्रलाई प्रवद्र्धनमा अझै जोड दिनुपर्छ । यसको अध्ययन नै अन्य विद्या झै प्राथमिकतामा पार्नुपर्छ”, महानगर प्रमुख शाहले भन्नुभयो । फाउण्डेशनका अध्यक्ष डा विजेन्द्र शाहले आउँदो विविध कार्यक्रम गर्ने बताउनुभयो । “हामीले आयुर्वेदामा जीवन समर्पण गर्नेलाई प्रोत्साहन मिलोस् भनेर यो कार्यक्रमको आयोजना गरेका हौँ । यो सम्मान काफी नहुन सक्छ तर सुरूआत हो । अन्य विविध क्षेत्रको अवार्ड भइरहदा सुरूवात गरेका हौँ”, अध्यक्ष डाक्टर शाहले भन्नुभयो । कार्यक्रममा विभिन्न चिकित्सकलाई सम्मान गर्नुका साथै नृत्य, शास्त्रीय सङ्गीत लगायत प्रस्तुती प्रस्तुत गरिएको थियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *