–डा. दिलनाथ दंगाल, अर्थशास्त्री
भन्सार विभागले जनाए अनुसार चैत मसान्तसम्ममा नेपालले रू १२ खर्ब १ अर्ब ५०करोड बराबरको आयात गर्यो भने रू १ खर्ब १८ अर्ब २८ करोड बराबरको निर्यात पनि गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १८ र निर्यात २६.३४ प्रतिशतले घटेको छ भने समग्र व्यापार घाटा पनि १८.८९ प्रतिशतले घटेको देखिन्छ । साथै यो अवधिमा समग्र वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.०४ र निर्यातको हिस्सा ८.९६ प्रतिशत रहेको छ ।
यो अवधिमा नेपालले सबैभन्दा धेरै रू १ खर्ब १२ अर्ब ४० करोड बराबरको डिजेल र रू ४९ अर्ब ७४ करोड ७२ लाख बराबरको पेट्रोल आयात गरेको छ भने रू ४४ अर्ब ८४ करोड बराबरको खाना पकाउने ग्यास र ३० अर्ब ६३ करोड बराबरको फलामजन्य वस्तु आयात गरेको छ ।
नेपालले यो अवधीमा रु ७ अर्ब बराबरका विद्युतीय सवारी साधान, १६ अर्ब २४ करोड १३ लाख १७ हजार रूपैयाँ बराबरको धान, १२ अर्ब ९५ करोड ५ लाख ८१ हजार रूपैयाँको चामल, १८ अर्ब ६६ करोड ४३ लाख ३८ हजार रुपैयाँको स्मार्टफोन आयात गरेको छ ।
त्यसैगरी यो अवधिमा रू ९ अर्ब २ करोड बराबरको पामतेल, रू ८ अर्ब ४३ करोड बराबरको सोयाबिन तेल, रू ६ अर्ब ३३ करोड बराबरको अलैँची, ३७ करोड ५२ लाख ७० हजार रुपैयाँ बराबरको पानी र १ अर्ब २० करोड ८७ लाख रुपैयाँभन्दा बढीको पास्ता निर्यात पनि भएको छ ।
(स्रोतः अर्थशास्त्री डा. दिलनाथ दंगालको फेसबुक वालबाट साभार ।)