चीनले विभिन्न क्षेत्रमा कार्यरत महिला वैज्ञानिकलाई सम्मानित गरेको छ । वायु प्रदूषण रोकथाम तथा अन्य क्षेत्रमा अनुसन्धानका लागि २० युवा महिला वैज्ञानिक र पाँच अन्य वैज्ञानिकको समूहलाई शनिबार पुरस्कृत गरिएको हो । अखिल चीन महिला महासङ्घ (एसीडब्लुएफ) र ‘चाइना एसोसिएसन फर साइन्स एन्ड टेक्नोलोजी’ले आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका उपाध्यक्ष तथा एसीडब्लुएफका अध्यक्ष शेन युयुले महिला वैज्ञानिकहरूलाई आधारभूत राष्ट्रिय हित र जनताको चासोलाई ध्यानमा राख्न आग्रह गर्नुभएको छ । शेनले उनीहरूलाई मौलिक र अग्रणी वैज्ञानिक र प्राविधिक अनुसन्धानमा सफलता हासिल गर्न, बहादुरीपूर्वक विज्ञान तथा प्रविधिमा देशको आत्मनिर्भरता र शक्ति बढाउन कुञ्जीका साथै आधारभूत प्रविधिमा हुने अवरोधका समस्याहरूको सामना गर्न आह्वान गर्नुभयो । एसीडब्लुएफका अनुसार सन् २००४ देखि हालसम्म १८४ जना चिनियाँ महिला वैज्ञानिक तथा अनुसन्धातालाई पुरस्कृत गरिएको छ ।