कर्णालीको पर्यटन प्रवद्र्धनार्थ ‘राइड टु रारा’ प्रतियोगिता

 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि मुगुसम्म ‘राइड टु रारा’ प्रतियोगिता हुने भएको छ । त्रिवेणी एडभेन्चर्स प्रालि तथा रोयल एन्फिऐड बुलेट बाइक स्वरुमको संयोजनमा वैशाख १०–१३ गतेसम्म ‘राइड टु रारा’ कार्यक्रम आयोजना हुन लागेको हो । कार्यक्रममा २० वटा बुलेट बाइकमा ४० जना राइडर्स रारा पुग्ने र उनीहरुको खान तथा अन्य व्यवस्थापन आयोजकले गर्ने प्रालिका सञ्चालक मनराज सिम्खडाले जानकारी दिनुभयो । आज वीरेन्द्रनगर सुर्खेतमा पत्रकार भेटघाटमार्फत सञ्चालक सिम्खडाले कर्णालीको पर्यटन प्रवद्र्धन गर्ने तथा रारा पुग्ने उत्कृष्ट राइडर्सलाई दक्षिण एशियाली खेलकुदको इभेन्टमा सहभागी गराउने उद्देश्य राखिएको उहाँले जानकारी दिनुभयो । उक्त कार्यक्रमका लागि रु आठ लाख बजेट लाग्ने अनुमान गरिएको सिम्खडाले बताउनुभयो । एफिऐडका सञ्चालक उत्सव भण्डारीले बाइक राइडिङमा १८ वर्षमाथि उमेरकालाई मात्र भाग लिन दिइने बताउनुभयो । “अहिलेसम्म १२ जना बुलेट राइडर्सले नाम दर्ता गरिसकेका छन् । हामीले २० जना राइडर्सलाई दर्ता गराएर ४० जनालाई रारातालमा पु¥याउने योजना बनाएको छौँ”, उहाँले भन्नुभयो, “त्यसभन्दा माथि जति थपिँदै गए पनि उनीहरुलाई यो प्रतियोगितामा सहभागी गराउँछौँ ।” राइडर्ससँग मेडिकल, प्राविधिक तथा फोटोग्राफ टिम हुने र त्यसको डकुमेन्ट्रीसमेत निर्माण हुने सञ्चालक भण्डारीले जनाउनुभयो । प्रतियोगिताका लागि नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषद्को सहयोग रहेको जनाइएको छ । उक्त कार्यक्रममा भाग लिनेका लागि निःशुल्क दर्ताको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *