वीरगञ्जलाई पर्यटकीय एवं धार्मिकस्थलको रूपमा चिनाइने

 

वीरगञ्ज महानगरपालिका–१४ पिपरामा रहेको पशुपतिनाथ मन्दिरमा महाआरती गरिएको छ । महानगरले पशुपतिनाथ मन्दिर र मन्दिर परिसरको सौन्दर्य अभिवृद्धिको काम जारी राखेको छ । मन्दिर परिसरमा सोमबार राति जनताको भव्य उपस्थितिमा महाआरती भएको हो । सोमबार राति भएको महाआरतीमा काशी विश्वनाथका मुख्य पुजारी पण्डित डा श्रीकान्त मिश्र र जनकपुरधामको जानकी मन्दिरका महन्थ रोशन दास पनि सहभागी हुनुहुन्थयो । महाआरति अघि मन्दिर परिसरमै प्रवचन समारोहको पनि आयोजना गरिएको थियो । महाआरतीमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम, हिन्दूवादी अगुवा, समाजसेवी, उद्योगी व्यवसायीका साथै स्थानीयवासीको पनि उल्लेख्य सहभागिता थियो । नेपालमा काठमाडाँैबाहेक पशुपतिनाथको मन्दिर वीरगञ्जको पिपरामा मात्रै रहेको तथा देशको प्रमुख प्रवेशद्वार वीरगञ्जको पिपरामा अवस्थित पशुपतिनाथ मन्दिर र यसको पौराणिक महत्त्वबारे व्यापक प्रचारप्रसार गर्न सकिए यो मन्दिर वीरगञ्जको मात्र नभई मधेस प्रदेशकै प्रमुख धार्मिक गन्तव्यस्थल बन्ने सक्ने विश्लेषक चन्द्रकिशोरले बताउनुभयो । यसका साथै वीरगञ्ज महानगरमा रहेका थुप्रै सार्वजनिक जग्गा र धार्मिक सम्पदाहरू अतिक्रमणमा परिसकेकाले तिनलाई जोगाउन पनि सरकारले ती सार्वजनिक सम्पदाको स्वामित्व महानगरपालिकालाई दिनुपर्ने महानगरप्रमुख सिंहले बताउनुभयो । उहाँले महानगरले खोजी कार्य पनि सुरु गरिसकेको जानकारी दिनुभयो । वीरगञ्जलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न स्थानीयवासीको सहयोगसहित वीरगञ्ज महानगरपालिकाले अग्रसरता लिएको जनाएको छ । काठमाडाँैको पशुपतिनाथ मन्दिरमा रहेको शिवलिङ्ग जस्तै पञ्चमुखी शिवलिङ्ग रहेको काठमाडाँैबाहेक देशभरमै एक मात्र रहेको पिपराको पशुपतिनाथ मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने तथा वीरगञ्जलाई देश विदेशमा धार्मिक पर्यटकीय गन्तव्यको केन्द्र बनाउने उद्देश्यले वीरगञ्ज महानगरपालिकाले अभियान सञ्चालन गरेको महानगरप्रमुख सिंहले बताउनुभयो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *