हात्ती आतङ्कबारे दीर्घकालीन समाधान खोज्न आग्रह

हात्ती आतङ्कका कारण समस्या भोग्नुपरेको भन्दै दीर्घकालीन समस्या समाधानका लागि सरकार समक्ष आग्रह गरिएको छ । मेचीनगर नगरपालिकाका–४ का वडाध्यक्ष अर्जुन कार्कीले यहाँ आज पत्रकार सम्मेलन गरी हात्तीपीडित जनतालाई उचित राहत प्रदान गर्नसमेत सरकारसमक्ष माग गर्नुभयो । उहाँले खासगरी मेचीनगर नगरपालिका बाहुनडाँगी क्षेत्रका हात्तीपीडित जनतालाई उचित राहतको व्यवस्था गर्नुपर्ने बताउँदै मानव र हात्तीको सहअस्तित्व कायम गरेर अगाडि बढ्न सकेमात्रै उचित हुने विश्वास व्यक्त गर्नुभयो । हात्ती आतङ्कका कारण बालबालिकाको शिक्षामा समेत नकारात्मक असर परेको उहाँको भनाइ छ । उहाँले मानव र हात्तीको सहअस्तित्व कायम गरेर जानुपर्छ भनेर लागिरहेको परिप्रेक्ष्यमा मान्छेले हात्ती मार्ने र मान्छेद्वारा हात्ती मारिने अलग–अलग घटना भए पनि मेचीनगर नगरपालिका बाहुनडाँगी क्षेत्रको घटना केही फरक रहेको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “मेचीनगर नगरपालिका बाहुनडाँगी क्षेत्रको घटना अलि फरक छ, हात्ती दिनभरि भारतको कोलाबारी फरेस्टमा बस्छन् र राति भएपछि नेपालतिर आएर अन्नबाली, जनधनको क्षति गर्छन् ।” उहाँले हात्तीलाई बोझको रूपमा नभई, त्यसलाई मोजको रूपमा विकास गर्न जरुरी रहेको भन्दै उहाँले आफूहरू मानव र हात्तीबीचको द्वन्द्वलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर लागिपरेको बताउनुभयो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *