संयुक्त राष्ट्रसंघका महासचिवद्वारा विश्व युद्धतर्फ अघि बढिरहेको आशङ्का व्यक्त

 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेन युद्धको बढ्दो सम्भावनाको कारण विश्व “बृहत्तर युद्ध” तर्फ गइरहेको डर देखिएको बताउँनु भएको छ । युक्रेनमा रूसी आक्रमणले युक्रेनी जनतालाई अव्यक्त पीडा दिइरहेको छ जसको असर विश्वव्यापीरूपमा देखिएको छ, उहाँले भन्नु भयो । महासचिवले विश्व जटिल युद्धतिर अगाडि बढिरहेको र त्यसलाइ रोक्न संयुक्त राष्ट्रसंघको बडापत्रका आधारभूत मूल्य र मान्यतालाई आत्मासात गर्न आग्रह गर्नु भएको छ । पूर्वी युक्रेनका शहरहरू नियन्त्रणका लागि युक्रेनी र रुसी सेनाबीच भीषण लडाइँ चलेको पनि झण्डै एक वर्ष भइसक्यो हालैका हप्ताहरूमा यो युद्ध थप जटिल र तीव्र बन्दै गएको छ। उहाँले युक्रेन युद्धका कारण चौतर्फी असर देखिएको र जलवायु प्रकोप, बढ्दो आणविक खतराका कारण विश्वमा जटिल राजनीतिक र आणविक प्रतिस्पर्धा देखिएको टिप्पणी गर्नु भएको छ । उहाँले मानव अधिकारको विश्वव्यापी घोषणाको भएको यस वर्षको ७५ औँ वर्षपुगेको छ र यसले सबै जनताको अपरिहार्य अधिकारको जग “स्वतन्त्रता, न्याय र शान्ति हो” भन्ने मानककारूपमा काम गर्नुपर्ने बताउँनु भएको एबीसी न्युजले उल्लेख गरेको छ। विश्वले शान्तिका लागि कडा मेहनत गर्नुपर्छ- गुटेर्रेसले युक्रेनमा मात्र नभई दशकौं पुरानो इजरायल-प्यालेस्टाइन द्वन्द्व “जहाँ दुई-राज्य समाधान दिन प्रतिदिन झन् टाढा हुँदै गइरहेको छ,” भन्दै विश्व राजनीतिको समीक्षा गर्नु भएको छ । यसैगरी उहाँले अफगानिस्तान, म्यान्मा, हाइटी लगायतका देशमा जारी राजनीतिक सङ्कटतर्फ पनि विश्व समुदायको ध्यान केन्द्रित गर्नु भएको छ । महासचिवले सबै देशहरूले विवादको शान्तिपूर्ण समाधानका लागि आह्वान गर्दै द्वन्द्व रोकथाम र मेलमिलापमा ध्यान केन्द्रित गर्ने राष्ट्रसंघको बडापत्रमा पुन: प्रतिबद्ध हुने समय आएको स्मरण गराउँनु भएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *