उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसँग नेपालका लागि चीनका राजदूत छेन सोङले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अर्थमन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास तथा आपसी सहयोगका बारेमा छलफल भएको थियो । अर्थमन्त्रालयका अनुसार सो अवसरमा दुई देशबीचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको थियो ।
