लोसपाले बुझायो प्रदेशसभाका तीन समानुपातिक सांसदको सूची

 

काठमाडौं, २३ मंसिर

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले समानुपातिकतर्फका सांसदहरुको टुंगो लगाएको छ । लोसपाले मधेस प्रदेशमा दुई र लुम्बिनी प्रदेशमा एक गरी तीन जनाको नाम टुंगो लगाएको हो ।

लोसपाका नेता केशव झाका अनुसार मधेस प्रदेशमा रुपा कुमारी यादव (मधेसी महिला), रमिता प्रधान (मधेसी अल्पसंख्यक महिला) र लुम्बिनी प्रदेशमा हेमा बेल्वासे केसी (खस आर्य महिला)को नाम सिफारिस गरेको हो । महन्थ ठाकुर नेतृत्वको लोसपाले राष्ट्रिय दलको मान्यता नपाए पनि प्रतिनिधिसभातर्फ चार सिट जितेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *