कर्जन्हा नगरपालिकाले पाठेघर र हाइड्रोसिलका विरामीको निःशुल्क उपचार गर्ने

 

सिरहा, २३ मंंसिर

कर्जन्हा नगरपालिका र फूलकुमारी  महतो मेमोरियल अस्पतालले पालिकामा पाठेघर र हाइड्रोसिलका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ । पालिका र अस्पतालको साझेदारीमा पालिकामा पाठेघर खसेका महिला र हाइड्रोसिल भएका पुरुषको निःशुल्क शल्यक्रिया सहितको उपचार उपलब्ध गराउने भएको हो ।

कर्जन्हा नगरपालिका अस्पतालबीच पाठेघर खसेका महिला र हाइड्रोसिल भएका पुरुषको शल्यक्रियाका लागि क्रमशः अधिकतम २६ र ७ हजार दिने सहमति भएको प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवारले जानकारी दिए । निशुल्क शल्यक्रिया सेवा, बेड चार्ज, उपचार, औषधि खानाको सुविधा र ऐम्बुलेन्स सेवा निशुल्क हुने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *