समानुपातिक सांसदको नाम तय गर्न बाेलाइएकाे एमाले बैठक स्थगित

 

काठमाडौं, २३ मंसिर

समानुपातिक सांसदको नाम तय गर्न बोलाइएको एमाले केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजे अध्यक्ष केपी ओलीकाे निवास बालकाेटमा बोलाइएको बैठक स्थगित भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४४ सिट जितेको एमालेले समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ।  बैठकमा समानुपातिकतर्फका सांसद छनोट, निर्वाचन समीक्षालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको थियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *