प्योङयाङमाथि अमेरिका, जापान र दक्षिण कोरियाको थप प्रतिबन्ध

 

एजेन्सी
प्योङयाङ, १७ मंसिर
प्योङयाङले हालै गरेको क्षेप्यास्त्र परीक्षणको जवाफस्वरूप अमेरिका, जापान र दक्षिण कोरियाले उत्तर कोरियाली व्यक्ति र संस्थामाथि नयाँ प्रतिबन्ध लगाएका छन् ।

अमेरिकामा तीन उत्तर कोरियाली अधिकारीहरूको सम्पत्ति रोक्का भएको वासिंगटनले  जनाएको छ । उत्तर कोरियाको आणविक गतिविधिलाई लिएर अन्तर्राष्ट्रिय समुदायले विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ ।

उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र प्रक्षेपण (अमेरिकी मुख्य भूमिमा प्रहार गर्न सक्ने अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल)ले कोरियाली प्रायद्वीप र सम्पूर्ण विश्वको लागि गम्भीर सुरक्षा जोखिम खडा गरेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले एक विज्ञप्तिमा भनेका छन् ।

ब्लिन्केनले पछिल्लो प्रतिबन्ध अमेरिकी सहयोगी देशहरु दक्षिण कोरिया र जापानसँगको समन्वयमा गरिएको र अप्रिलमा युरोपेली युनियनले पनि तीन उत्तर कोरियालीमाथि प्रतिबन्ध लगाइएको बताए ।

टोकियो र सियोलले शुक्रबार पनि नयाँ प्रतिबन्धको घोषणा गरेका छन् । यसैबीच, दक्षिण कोरियाले एक ताइवानी र एक सिंगाुरी नागरिक सहित आठ जनालाई प्रतिबन्ध लगाउने जनाएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *