जलवायु परिवर्तनको प्रभावः भानुआटुेले दर्जनौँ गाउँ स्थानान्तरण गर्ने

 

एजेन्सी

भानुआटुले अर्को दुई वर्ष भित्र “दर्जनौं“ गाउँहरू स्थानान्तरण गर्ने योजना बनाएको छ । ती गाउँ बढ्दो समुद्रबाट जोखिममा परेको भन्दै स्थानान्तरणको तयारी भएको  प्रशान्त राष्ट्रका जलवायु प्रमुखले जानकारी दिए ।
जलवायु परिवर्तन मन्त्री राल्फ रेगेनभानुले अष्ट्रेलिया र फिजी बीचको टापुको श्रृंखलामा बसोबास गर्ने भानुआटुका १ लाख बासिन्दाले ग्लोबल वार्मिंगको प्रभाव सामना गरेको बताए ।

तटीय क्षेत्रहरूबाट स्थापित समुदायहरूलाई स्थानान्तरण गर्न सकिने उनले बताए । उक्त क्षेत्रमा  जलवायु परिवर्तनले समुद्रको सतहलाई माथि धकेलिरहेको र थप चरम आँधीबेहरीलाई बढावा दिइरहेको छ ।

भानुआटुको सरकारले ‘जोखिममा पर्ने क्षेत्रहरू’ मा “आउँदो २४ महिनाभि भित्र“ स्थानान्तरण गरिने “दर्जनौं“ गाउँहरू पहिचान गरेको र अन्य बस्तीहरू पनि लामो अवधिमा सार्नको लागि तोकिएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *