अघिल्लाे चुनावमा दुई लाख मत कटाएकाे विवेकशील साझालाई समानुपातिकतर्फ ७८९ मत मात्र

 

काठमाडौं, १६ मंसिर

विवेकशील साझा पार्टीले आम निर्वाचन २०७९ मा समानुपातिकतर्फ जम्मा ७८९ मत पाएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार उक्त पार्टीले समानुपातिकमा एक हजार मतसमेत कटाउन सकेको देखिँदैन । २०७४ को निर्वाचनमा समानुपातिकतर्फ दुई लाख १२ हजार ३६४ मत ल्याएको सो पार्टीले यसपटक भने कुल ७८९ मत प्राप्त गरेको हो ।

केही महिनाअघि मात्र उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा सात सिट जितेर समानुपातिकतर्फ ११ लाख १९ हजार ९९६ मत ल्याउँदा विवेकशील साझाले प्रत्यक्षतर्फ समेत खाता खोल्न सकेन । कुनै बेला वैकल्पिक राजनीतिको प्रवर्द्धन गर्ने भन्दै सक्रिय रहेको पार्टी यसपटकदेखि पतनको बाटोतर्फ उन्मुख देखिएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *