दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरू

 

काठमाडौं, १५ मंसिर ।

दिगो पर्वतीय पर्यटनसम्बन्धी तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ । चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा उक्त सम्मेलन सुरु भएको हो ।

सम्मेलनको संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोल्दै मन्त्री श्रेष्ठले नेपालको पर्वतीय पर्यटनमा आवश्यक पर्ने नीतिगत परिवर्तनका लागि यो सम्मेलन कोसेढुंगा बन्ने बताए ।

 उक्त सम्मेलनमा झण्डै एक सय पर्यटन सम्बद्ध व्यक्ति तथा वैज्ञानिकलगायतको सहभागिता रहने बताइएको छ ।

सम्मेलनमा दिगो पर्वतीय क्षेत्रमा भएका अनुसन्धान तथा  विश्व जलवायु परिवर्तनको समयमा पर्वतीय पर्यटन क्षेत्रका समस्या समाधान बारेमा छलफल हुने पनि जनाइएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *