पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु

 

इस्लामाबाद

पश्चिमी पाकिस्तानमा एक आत्मघाती बम आक्रमणकारीले प्रहरी ट्रकलाई लक्षित गरि हमला गर्दा तीन जनाको मृत्यु भएको छ । बुधबार बिहान भएको हमलामा अन्य २३ जना घाइते भएका एक अधिकारीले बताएका छन् ।

क्वेटा सहरमा पोलियो खोप लगाउने तयारीमा रहेको प्रहरी टोलीलाई लक्षित गरी विस्फोट भएको वरिष्ठ प्रहरी अधिकारी अजहर मेहेसरले एएफपीलाई बताए । मारिनेमा एक प्रहरी, एक महिला र एक बालक छन् । यसअघि पनि पाकिस्तानमा पोलियो अभियानलाई त्यहाँका विद्रोहीले बारम्बार अवरुद्ध गरेका थिए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *