यी हुन् विश्व इतिहासमा आज भएका प्रमुख घटनाक्रम

 

आज २९ नोभेम्बर ।

प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही घटनाक्रम

सन् १९५१ मा थाइलेन्डको सेनाले देशको सत्ता आफ्नो हातमा लिँदै सन् १९३२ को संविधान पुनस्र्थापित गरेको थियो । सन् १९२९ मा अमेरिकी अन्वेषक रिचर्ड बर्ड दक्षिण ध्रुव माथि उडान गर्ने पहिलो व्यक्ति बनेका थिए ।  उडान गर्न १८ घण्टा लागेको थियो । त्यसको तीन वर्षअघि ब्यर्डले उत्तरी ध्रुवमा उडान गरेका थिए । तर, उनले उडान सम्पन्न गरे वा गरेनन् भन्नेमा आशंका छ ।

सन् २००७ मा फिलिपिन्सको सशस्त्र सेनाले सिनेटर एन्टोनियो ट्रिलानेसको नेतृत्वमा भएको विद्रोहको जबाफमा मनिला टापुलाई घेरा हालेको थियो । सन् १९६२ मा अल्जेरियामा कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइएको थियो । सन् १९३९ मा सोभियत विमानहरूले फिनल्यान्डको हेलसिन्कीमा विस्फोट गराएका थिए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *