सुकुम्बासीको घरटहरा हटाउन लागेकोमा ऊर्जामन्त्री भुसालकै आपत्ति

 

काठमाडौं, १२ मंसिर

एकीकृत बागमती सभ्यता विकास समितिले थापाथलीस्थित सुकुम्बासी बस्तीका घरटहरा हटाउन लागेकोमा ऊर्जामन्त्री पम्फा भुसालले आपत्ति जनाएकी छन् । उनले भूमि आयोगले काम गरिरहेका बेला सुकुम्बासीमाथि बल प्रयोग गर्नु उपयुक्त नहुने भन्दै दीर्घकालीन रुपमा समस्या समाधान गरिनुपर्ने धारणा व्यक्त गरेकी छन् ।

निर्वाचनअघि १० दिने सूचना जारी गर्दै समितिले दिइएको समयावधिभित्र घरटहरा नहटाए आफैंले खाली गर्ने सूचना जारी गरेको थियो । तर, निर्वाचनअघि मतदाता रुष्ट हुने भन्दै सो कार्य थाती राखिएको थियो । सोमबार दिउँसो सुकुम्बासीको घरटहरा गर्न गएकामाथि सुकुम्बासीले आक्रमण गरेका छन् ।

कुनै विकल्प नदिई घरटहरा हटाउन लागेको भन्दै सुकुम्बासीहरूले करिडोर र प्रसुतिगृह छेउमा सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरूले घरटहरा खाली गर्न आउने सुरक्षाकर्मीमाथि घरेलु हतियारले आक्रमण गरेका छन् । जसबाट काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित एक दर्जन सुरक्षाकर्मी घाइते भएका छन् ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *