शेरधनलाई हराउँदै माओवादीका किराती सांसदमा निर्वाचित

 

काठमाडौं, ९ मंसिर

नेकपा माओवादी केन्द्रका सुदन किराती भोजपुरबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । किराती २८ हजार ५७८ मतसहित विजयी हुँदा उनका  निकटतम प्रतिस्पर्धी एमालेका शेरधन राईले २६ हजार १९३ मत पाए ।

सुदनले दुई हजार ३८५ मतान्तरले चुनाव जितेका हुन् । यो क्षेत्रबाट ०७४ सालमा सुदन नै निर्वाचित भएका थिए । ०७४ को चुनावमा शेरधन प्रदेश १ सभामा चुनाव लडेका थिए । उनी मुख्यमन्त्री पनि बनेका थिए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *