प्रसुति अस्पतालमा रुसी मिसाइल प्रहार, नवजात शिशुको मृत्यु

 

एजेन्सी
किभ, ८ मंसिर

बुधबार दक्षिणपूर्वी युक्रेनको भिल्निआन्स्क सहरमा रहेको प्रसुती अस्पतालमा रुसी मिसाइल आक्रमणमा एक नवजात शिशुको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । आक्रमणको समयमा अस्पताल रहेको दुई तले भवनमा नवजात शिशु र एक डाक्टर सहितएक महिला थिए ।

‘डाक्टर र आमालाई उद्धार गरिएको थियो । तर, बच्चाको मृत्यु भयो’, अकस्मिक सेवाले भनेको छ । विस्फोटपछि भग्नावशेष बनेको भवनबाट धुँवाको कालो मुस्लो निस्किएको थियो ।

 भत्किएको प्रसुति वार्डको भग्नावशेषमा कम्मरसम्म पुरिएका व्यक्तिलाई उद्दार गर्न खोजेको भिडियो सार्वजनिक भएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *