अर्घाखाँची मतगणना : टाेपबहादुर र पुष्पाबीच प्रतिस्पर्धा

 

अर्घाखाँची, ७ मंसिर

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत अर्घाखाँचीमा मतगणना जारी छ । एमाले सचिव टाेपबहादुर रायमाझीले आफ्नाे अग्रता कायमै राखेका छन् । ६० हजार ७५३ मतगणना हुँदा रायमाझीले २९ हजार १९ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा भुसालले २६ हजार ९७८ मत प्राप्त गरेकी छन् । रायमाझी र भुसालबीच दुई हजार ४१ मतकाे अन्तर छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बनेका हरिप्रसाद भुसालले २२०१ मत ल्याएका छन् । करिब ३० हजार मत गन्न बाँकी छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *