टर्कीको डुज्से सहर नजिकैको पश्चिमी टर्कीको क्षेत्रमा ६.० म्याग्निच्युडको भूकम्प

 

एजेन्सी
अंकारा, ७ मंसिर

टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट २१० किलोमिटर (१३० माइल) पूर्वमा रहेको डुज्से सहर नजिकैको पश्चिमी टर्कीको क्षेत्रमा ६.० म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पको धक्का इस्तानबुल र राजधानी अंकारामा महसुस गरिएकोे थियो । भूकम्पमा कम्तीमा ३५ जना घाइते भएका अधिकारीहरूले बताएका छन् । भूकम्पको गहिराइ २ देखि १० किलोमिटर रहेको अनुमान गरिएको छ । पहिलो भूकम्प गएको २० मिनेटपछि दोस्रो भूकम्प गएको थियो ।

भूकम्पले घर भत्किएपछि कतिपय मानिसहरू झ्यालबाट हाम फालेर सडकमा पुगेका थिए । टर्कीको प्रकोप एजेन्सीले ३२ जना डुज्सेमा, एक जना इस्तानबुलमा, एक जना ब्ल्याक सीको तटमा रहेको जोङ्गुलडाकमा र एक जना दक्षिणपूर्वमा बोलुमा घाइते भएको जनाएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *