इमरान खानले आफूले पाएको स्वर्ण पदक बेचेः रक्षामन्त्री ख्वाजा

 

एजेन्सी

इस्लामाबाद, ७  मंसिर

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफू क्रिकेट खेलाडी हुँदा भारतबाट पाएको स्वर्ण पदक ‘बेचेको’ रक्षामन्त्री ख्वाजा आसिफले अरोप लगाएका छन् । पूर्वक्रिकेटरसमेत रहेका ७० वर्षीय  खानले प्रधानमन्त्री हुँदा सहुलियत मूल्यमा पाएको महँगो ग्राफ रिस्ट घडीलगायत उपहारहरू बेचेको आरोप लागेको छ ।

सोमबार एक टेलिभिजन कार्यक्रममा  खानले ‘भारतबाट प्राप्त गरेको स्वर्ण पदक बेचेको’ आसिफले दाबी गरेका एक्सप्रेस ट्रिब्युन अखबारले  जनाएको छ । खानले कथितले रूपमा बेचेको भनेको स्वर्ण पदकको बारेमा रक्षामन्त्री आसिफले थप विवरण भने दिएका छैनन् ।

पूर्वप्रधानमन्त्री खानको कार्य आफैंमा गैरकानूनी छैन । तर, खानका गतिविधि  उनले सधैं बोलेका उच्च नैतिक मापदण्डविपरीत भएको विवरणमा जनाइएको छ ।  सामान्यतया, त्यस्ता उपहारहरू स्थायी रूपमा तोषखानामा जम्मा गरिन्छ वा तिनीहरूलाई प्राप्त गर्ने व्यक्तिले थोरै मूल्यमा किन्न सक्छन् । खानलाई पाकिस्तानको निर्वाचन आयोगले तोषखाना मुद्दामा ‘झुटा बयान र गलत घोषणा’ गरेको भन्दै निर्वाचनमा प्रतिष्प्रर्धा गर्न अयोग्य ठहर गरेको थियो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *