दोहोरो चरित्र देखाएको भन्दै सुरक्षा परिषद्सँग किमकी बहिनी क्रुद्ध

 

एजेन्सी
प्योङयाङ, ७ मंसिर

प्योङयाङले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको विषयमा संयुक्त राष्ट्रसंघले बैठक बोलाएपछि उत्तर कोरियाली नेता किम जोङ उनकी शक्तिशाली बहिनीले सुरक्षा परिषद्को कडा आलोचना गरेकी छिन् । सुरक्षा परिषद्ले दोहोरो चरित्र देखाएको समेत उनले बताएकी छिन् ।

उत्तर कोरियाले शुक्रबार अन्तरमहादेशीय क्षेप्यास्त्र प्रहार गरेको थियो । उत्तरको प्रहारलाई लिएर सुरक्षा परिषदको बैठक बसेको थियो । किम जोङ उनकी बहिनी यो जोङले परिषद्ले सियोल र वाशिंगटनको ‘खतरनाक सैन्य अभ्यास’ र ‘तिनीहरूको हतियार’ लाई आँखा चिम्लेको आरोप लगाइन् ।

‘यो स्पष्ट रूपमा दोहोरो चरित्र हो’, उनको भनाइ उद्धृत गर्दै आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएन)ले जारी गरेको  विज्ञप्तिमा भनिएको छ । उनले अमेरिकाले कोरियाली प्रायद्वीपलाई नयाँ संकटतर्फ धकेलेको आरोप लगाइन् ।

उत्तर कोरियाका आणविक गतिविधिलाई लिएर अन्तर्राष्ट्रिय समुदायले उमाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ । प्रतिबन्धको उत्तरले विरोध गर्दै आएको छ । प्योङयाङले आणविक गतिविधि बढाइरहँदा एक साताअघि अमेरिका र दक्षिण कोरियाले सिउलमा संयुक्त सैन्य अभ्यास गरेका थिए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *