आगामी संघीय संसदमा चार नयाँ पार्टीको प्रवेश हुने सम्भावना बढेको छ

 

काठमाडौं, ५ मंसिर

आगामी संघीय संसदमा चार नयाँ पार्टीको प्रवेश हुने सम्भावना बढेको छ । प्रारम्भिक मतगणनाअनुसार रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी, रेशमलाल चौधरी आबद्ध राष्ट्रिय उन्मुक्ति पार्टी र सुमन सायमी आबद्ध हाम्रो नेपाली पार्टीले प्रवेश पाउने देखिएको हाे ।

रवी लामिछाने नेतृत्वको पार्टीले काठमाडौं ६, ७ र ८ मा अग्रता लिएको छ भने जनमतले सप्तरीको १ र २ मा अग्रता लिइरहेका छन् । यस्तै, रेशमलाल आबद्ध उम्मुक्ति पार्टीको उम्मेदवारले कैलाली १ मा र हाम्रो नेपाली पार्टी काठमाडौं ८ मा दोस्रो स्थानमा छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *