एजेन्सी
प्योङयाङ, ३ मंसिर
उत्तर कोरियाली नेता किम जोङ उनले पहिलो पटक आफ्नी छोरीलाई सार्वजनिक गरेका छन् । देशको सबैभन्दा ठूलो ब्यालिस्टिक मिसाइलको प्रक्षेपणको निरीक्षणका क्रममा उनले पहिलो पटक छोरी सार्वजनिक गरेका हुन् । सरकारी सञ्चार माध्यमले सार्वजनिक गरेको तस्बिरमा छोरीलाई सेतो ज्याकेटमा उनको छेउमा उभिएको देख्न सकिन्छ ।
छोरीले बाबुको हात समाएर हतियार सैन्य हार्डवेयर अवलोकन गरेको देख्न सकिन्छ । सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार उत्तर कोरियाले शुक्रबार अन्तरमहादेशीय व्यालिस्टिक मिसाइल ह्वासोङ–१७ परीक्षण गरेको थियो । तर, त्यो भन्दा ठूलो आश्चर्य किमसँगै छोरीको उपस्थिति थियो । किमकी छोरीको नाम भने सार्वजनिक गरिएको छैन् ।
‘यो पहिलो अवलोकन गरिएको अवसर हो जहाँ हामीले सार्वजनिक कार्यक्रममा किम जोङ उनकी छोरीलाई देखेका छौं, ‘ अमेरिका स्थित स्टिम्सन सेन्टरका उत्तर कोरिया विशेषज्ञ माइकल म्याडेनले भने, ‘यो धेरै महत्त्वपूर्ण छ र यसले किम जोङ उनको पक्षमा एक निश्चित हदसम्म सान्त्वनाको प्रतिनिधित्व गर्दछ ।’
दुई छोरी र एक छोरासहित किमका कम्तीमा तीन सन्तान रहेका विज्ञहरूले बताएका छन् । केही पर्यवेक्षकहरूको विश्वास छ की ती मध्ये एक बच्चालाई सेप्टेम्बरमा राष्ट्रिय बिदाको एउटा उत्सवको भिडियोमा देखिएको थियो ।