कैलालीको घोडाघोडी नगरपालिकामा गोठमा आगलागी हुँदा दुई लाख बराबरको क्षति

 

धनगढी, ३ मंसिर

कैलालीको घोडाघोडी नगरपालिकामा गोठमा आगलागी हुँदा दुई लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका–४ बालकृष्ण भण्डारी दुई तले कच्ची गोठमा आगलागी हुँदा गोठभित्र राखिएको काठ र भाँडा वर्तन जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार नजिकै रहेको परालमा लागेको आगो गोठमा सल्किएको हो । गोठ खरले छाएको हुँदा आगो नियन्त्रण गर्न समय लागेको थियो । घोडाघोडी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जोशीले बताए ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *