दक्षिण युक्रेनका ४० सहर र गाउँ पुनः कब्जा गरिएको जेलेन्स्कीको दाबी

 

एजेन्सी
किभ, २६ कात्तिक
किभको सेनाले दक्षिणी युक्रेनका ४० भन्दा बढी सहर र गाउँहरू पुनः कब्जा गरेको राष्ट्रपति जेलेन्स्कीले दाबी गरेका छन् । मस्कोले आफ्नो सेनाले रणनीतिक सहर खेरसनबाट पछि हट्न थालेको संकेत गरिरहेका बेला जेलेन्स्कीको दाबी आएको हो ।

यसैबीच संयुक्त राज्यले किभको लागि नयाँ ४ ०० मिलियन डलरबराबरको सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ, जसमा रक्षा प्रणाली र सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू समावेश हुनेछन् । रुसी सेनाले केही दिनअघि युक्रेनका  प्रमुख पूर्वाधारहरूलाई लक्षित गरेको थियो ।

“आज हामीसँग दक्षिणबाट राम्रो समाचार छ,“ जेलेन्स्कीले राष्ट्रलाई आफ्नो दैनिक सम्बोधनमा भने। “चलिरहेको रक्षा अपरेशनको भागको रूपमा आफ्नो सही स्थानमा फर्किने युक्रेनी झण्डाहरूको संख्या पहिले नै दर्जनौं छ“ जेलेन्स्कीले  भने । उनले ४१ वटा बस्ती रुसी कब्जाबाट मुक्त गरिएको  बताए ।

मस्कोले खेरसन सेनालाई हटाउनु “कठीन निर्णय“ भएको बताएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *