टेनिसको फाइनलमा भिड्दै प्रदीप र ऋतिक

 

काठमाडौं, २६ कात्तिक

प्रदीप खड्का र ऋतिक राना दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फको फाइनलमा भिड्ने भएका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा आज फाइनल खेल हुनेछ ।

शुक्रबार भएको सेमिफाइनलमा प्रदीपले निशन श्रेष्ठलाई ६–१ र ६–२ ले हराएका थिए । ऋतिकले सेमिफाइनलमा प्रणव खनाललाई २–६,६–४ र ६–३ ले पराजित गरेका थिए ।

महिला एकलतर्फको फाइनलमा सुनीरा थापा र अभिलाषा विष्टबीच प्रतिस्पर्धा हुनेछ ।

अभिलाषाले सेमिफाइनलमा इशा डोल्कर गुरुङलाई ६–३ र ६–३ ले हराईन् । सुनीराले शर्भानी श्रेष्ठलाई ६–४ र ६–३ ले पराजित गरिन् ।
पुरुषको ३५ वर्षमाथिको एकलतर्फको उपाधि कमल बहादुर भण्डारीले जितिसकेका छन् ।  पुरुषको ४५ वर्षमाथिको एकलको उपाधि महेश श्रेष्ठले हात पारेका छन् ।

पुरुषकै ५५ वर्षमाथि एकलको उपाधि विमल कुमार गुरुङले हात पारे ।विमलले फाइनलमा उत्तम कुमार लामालाई ६–३ र ६–४ ले पराजित गरे ।
पुरुषको ६५ वर्षमाथि एकलको उपाधि बिदुर विष्टले हात पारे । उनले फाइनलमा ज्ञानेन्द्र मान ताम्राकारलाई ४–२,३–५ र ७–५ ले पराजित गरे ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भइरहेको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *