अवैध लागूऔषधसहित रुपन्देही प्रहरीले चार जनालाई पक्राउ गरेको छ

 

बुटवल, १६ कार्तिक

अवैध लागूऔषधसहित रुपन्देही प्रहरीले चार जनालाई पक्राउ गरेको छ । रुपन्देहीका छुट्टाछुट्टै स्थानबाट पक्राउ पर्नेमा एक भारतीयसहित तीन नेपाली रहेका छन् ।

रुपन्देही प्रहरीका प्रहरी नायव उपरीक्षक श्यामू अर्यालले मायादेवी गाउँपालिका ७ भन्सारचोकबाट भारतीय सीमाबाट नेपाल फर्कंदै गरेका यूपी ५५ एन ६३४६ नम्बरको मोटरसाइकल चालक रुपन्देही सम्मरीमाई ७ का २१ वर्षीय तुल्सी लोध, पछाडि सवार सोही स्थान र उमेरका शनिकुमार मिश्र र भारतको सिद्धार्थनगरका १९ वर्षीय पवनकुमार हरिजन बुधबार पक्राउ गरिएको बताए ।

उनीहरूको साथबाट डाइजापाम ९१ एमपुल, फेनरागन ७६ एमपुल, टालजेसिक २२ एमपुल गरी १ सय ८९ एमपुल लागूऔषध बरामद भएको छ । यस्तै, लुम्बिनी सांस्कृतिक नगरपालिका ६ तेनुहवाबाट लु ७३ प ८८९२ नम्बरको मोटरसाइकल चालक कपिलवस्तुको मायादेवी गाउँपालिका ३ का ३१ वर्षीय अल्ताप हुसेन मुसलमान पक्राउ परेका छन् । उनीहरूबाट खैरो हिरोइन ५३.२५ ग्राम बरामद भएको उनको भनाइ छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *